Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक


GDP नेपाल
   १ मंसिर २०८२, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रिय राष्ट्र बैंकले ८५ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत् उक्त रकम तान्ने भएको हो ।

यसमा बुधबार मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । ब्याजदर भने बहुब्याजदमा बोलकबोल माध्यमबाट निर्धारण गरिने छ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।


निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ । संकलित निक्षेपको साँवा ब्याज भुक्तानी मिति २०८२ माघ २५ गतेलाइ तोकिएको छ ।

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह