Logo

कर्पोरेट-बजार

आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त


GDP नेपाल
   २ मंसिर २०८२, सोमबार


काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रविण रेग्मी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आजदेखि लागु हुने गरी आगामी ४ वर्षको लागी सिइओमा नियुक्त गरेको हो ।

२०८२ साउन १ गतेदेखि आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर आइएमई खल्ती लिमिटेडको नाममा कारोवार सुरु भएको थियो ।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओ समेत रहेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए। फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका छन् ।

बढदै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन् ।

रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ ।

प्रकाशित : २ मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह