Logo

बैंक / बिमा /शेयर

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा


GDP नेपाल
   ८ मंसिर २०८२, आइतबार


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले यही मंसिर २९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा ३९ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने तालिका छ।


साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह