Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकका ग्राहकलाई बन्दीपुर केबलकारमा विशेष छुट


GDP नेपाल
   ९ मंसिर २०८२, सोमबार


काठमाडौं।
 कुमारी बैंक लिमिटेड र बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई बन्दीपुर केबलकारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


सम्झौता बमोजिम बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान हुने सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट हुनेछ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरे ।


विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ९ मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह