Logo

Banner-news

आर्थिक वृद्धि २.२७ प्रतिशतमात्र, नेपालीको आम्दानी मासिक १० हजार ५ सय रुपैयाँ !


GDP Nepal
   १७ बैशाख २०७७, बुधबार


काठमाडौं । चालू आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि २.२७ प्रतिशतमा सीमित हुने भएको छ । सरकारले ८.५ प्रतिशतको वृद्धि लक्ष्य लिए पनि लक्ष्यको दुईतिहाईभन्दा कममात्र वृद्धि हासिल हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ ।

विभागले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षको सातदेखि नौ महिना सम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्मा २.२७ प्रतिशतमात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । यस्तो वृद्धिदर २०७५÷७६ मा ६.७५ प्रतिशत र २०७४÷७५ मा ६.३५ प्रतिशत थियो ।

यस्तै, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ लाख २६ हजार १८ रुपैयाँ अर्थात अमेरिकी डलरमा १ हजार ८५ डलर पुगेको छ । जुन मासिक आम्दानीका आधारमा १० हजार ५०१ रुपैयाँ हुनेछ ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह