Logo

मुख्य समाचार

सेयर बजारमा १३.८८ अंकको गिरावट, कारोबार पनि घट्यो


GDP नेपाल
   ७ पुस २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १३.८८ अंकले घटेर दुई हजार ५८१.२१ विन्दुमा पुगेको छ ।











बैंकिङ ४, विकास बैंक २०, फाइनान्स ३, होटल तथा पर्यटन ८६, हाइड्रोपावर २१, जीवन बीमा १३२, उत्पादन २६, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ४८ र अन्य उपसमूह १५ अंकले घटेको छ । त्यस्तै, आज व्यापार उपसमूह भने २१ अंकले बढेको छ । 

आज मानुषी लघुवित्तको सेयर सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एसवाई प्यानलको सेयर ९.९९ प्रतिशतले बढेको छ ।



यस दिन ३३२ कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब ५१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह