Logo

मुख्य समाचार

रिलायन्सको आईपीओ: साढे १८ हजारले पाउँछन्, पहिलो दिन नै ६ गुणा बढी आवेदन


gdpnepal
   ८ पुस २०८२, मंगलबार


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक साधारण सेयर (आईपीओ)मा पहिलो दिन नै ५.८ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेकोमा एकै दिनमा ५.८ गुणा बढी आवेदन परेको हो । 

सोमबार कुल ५३ लाख ९८ हजार १०० कित्ताका लागि आवेदन परेको छ ।

आईपीओमा एक लाख ९१७ जनाले आवेदन दिएका हुन् । आईपीओमार्फत हालसम्म चार अर्ब ४३ करोड सात लाख ६० हजार ४८० रुपैयाँबराबरको आवेदन परेको छ । 

सोमबार (पुस ७) बाट बिक्री खुला गरेकोआईपीओका लागि शुक्रवारसम्म आवेदन दिन सकिन्छ।

रिलाइन्सको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय गरिएको छ । प्रतिव्यक्ति न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । 

लगानीकर्ताले न्यूनतम ५० कित्ता मात्रै आवेदन गर्दा पनि कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ ।

कम्पनीको आईपीओको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रकाशित : ८ पुस २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह