Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्दै होटल पार्क ल्यान्ड, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


GDP नेपाल
   १० पुस २०८२, बिहिबार


काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्यान्ड लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच यो सम्झौता भएको हो।

सम्झौतामा होटल पार्क ल्यान्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरदकुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्यान्ड लिमिटेडको साधारण सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ।

चितवनको सौरहामा अवस्थित होटल पार्क एन्ड ल्यान्ड लिमिटेड विगत १८ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीले निकट भविष्यमै होटलको क्षमता विस्तार गर्दै क्षेत्रफल ४४ कठ्ठा पु¥याई १०५ कोठासहित चारतारे होटलका रुपमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।

प्रकाशित : १० पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह