काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षी बसेर रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको थियो ।
यो सहमतिसँगै घिसिङ उपसभापति बन्ने भएका छन् । पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति रवि र बालेनबीच यसअघि नै भइसकेको छ ।
रवि र बालेनबीच सहमति भएपछि कुलमानलाई पनि सहमतिमा ल्याउन वार्ता र संवाद जारी थियो । जसमा सोमबार सहमति जुटेको हो ।
रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभिनका लागि सुधन गुरुङलगायत जेनजी अगुवाहरूले दबाब दिँदै आएका थिए । सहमतिपछि सुधनले आफूहरूले मिलाएरै छाडेको प्रतिक्रिया दिएका छन् ।










प्रतिक्रिया