Logo

घुमफिर

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल भित्रिए


GDP नेपाल
   १८ पुस २०८२, शुक्रबार


काठमाडौँ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५ पर्यटक आएका छन् । बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका थिए ।

गत डिसेम्बरमा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट ८ हजार ६८०, अमेरिकाबाट ६ हजार ६०५, बङ्गलादेशबाट ४ हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९ पर्यटक नेपाल आएका थिए ।

त्यस्तै, थाइल्यान्डबाट ४ हजार २३४, बेलायतबाट ३ हजार ७९३, म्यानमारबाट २ हजार ७५८ र मलेसियाबाट २ हजार ४२९ पर्यटक आएका थिए ।

प्रकाशित : १८ पुस २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह