काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्र्तकृया तथा पुर्नताजकी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा उपस्थित संस्थापक शेयरधनीहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए । समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरुसहित कार्यक्रममा करीब ६० जनाको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया