काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ५७.५५ अंकले बढेर दुई हजार ७७२.१७ विन्दुमा पुगेको छ ।
बैंकिङ २४, विकास बैंक ९९, फाइनान्स ४५, होटल तथा पर्यटन २४७, हाइड्रोपावर ९५, जीवन बीमा २६८, उत्पादन २७५, माइक्रोफाइनान्स ८० निर्जीवन बीमा २२०, अन्य ३७ र व्यापार उपसमूह ५६ अंकले बढेको छ ।
आज एसवाई प्यानल, श्रीनगर आग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केबलार, हिमस्टार उर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स अंखु खोला जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज एकसेल डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ४.९४ प्रतिशतले घटेको छ ।
यस दिन ३३१ कम्पनीको तीन करोड ९ लाख कित्ता सेयर १३ अर्ब ७८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया