काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १९.८५ अंकले घटेर दुई हजार ६९४.२० विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ४३, फाइनान्स ११, होटल तथा पर्यटन १३२, हाइड्रोपावर ४९, जीवन बीमा ६८, उत्पादन ७१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ७० र अन्य उपसमूह २१ अंकले घटेको छ । त्यस्तै, व्यापार उपसमूह भने २० अंकले बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज क्रेष्ट माइक्रोलाईफको सेयर ९.७० प्रतिशतले बढेको छ ।
यस दिन ३२९ कम्पनीको दुई करोड २० लाख कित्ता सेयर ९ अर्ब १० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया