Logo

Banner-news

नेतृत्वको रस्साकस्सी चलिरहँदा कांग्रेसमा सिर्जनात्मक लहर ‘गरीखाने’ अभियान


GDP Nepal
   १६ कार्तिक २०७७, आइतबार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनका लागि नेतृत्वको रस्साकस्सी चलिरहँदा केही रचनात्मक काम पनि अघि बढिरहेको छ ।

उद्यमशील बन्न चाहने हरेक युवालाई कांग्रेससँग जोड्दै सिर्जनशील बनाउने अभियानलाई गरिखाने अभियान नाम दिइएको छ र यसको संयोजन भने नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारी केन्द्रित विशेष समितिले गर्नेछ ।

समितिले युवाहरु संलग्न गराइ यो अभियानलाई राष्ट्रव्यापी जागरण र लहरका रुपमा अघि लैजाने भएको छ । यस अभियानको स्लोगन नै ‘युवाद्वारा युवाका लागि’ रहेको छ ।

समितिका संयोजक उद्यमी तथा सांसद विनोद चौधरीका अनुसार गरिखाने अभियान एउटा वृहद् र राष्ट्रव्यापी अभियान हो । यो उद्यमशील बन्न चाहाने हरेक यवु ाका े आफ्नै अभियान हो । यो अभियानको सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय सरकारमा संयन्त्र हुनेछ ।

गरिखाने अभियानको सञ्चालन कम्पनी ऐन अन्तर्गत दर्ता भएको एक गैर–नाफामूलक संस्थामार्फत् हुनेछ । गैर–नाफामूलक संस्थाले प्रशासनिक कार्यहरु, परियोजना पाइपलाइन, तालिम, परामर्श लगायतका कार्यहरु गर्नेछ ।

प्रस्तावित ‘कर्मभूमी’ नामक गैर–नाफामूलक संस्थाको प्रबन्धपत्र तथा नियमावली मस्यौदा प्रक्रिया अघि बढिसकेको चौधरीले जानकारी दिएका छन् । यस संरचना नेपाली कांग्रेसको संरक्षकत्वमा अघि बढ्नेछ । यसमा सल्लाहकार समिति र सञ्चालक समिति रहनेछन् । यस संस्थामा साधरण, आजीवन र
मानार्थ सदस्यता प्रदान गरिनेछ भने नेपाली कांग्रेसका सदस्य यस संस्थामा सदस्य बन्न सक्नेछन् ।

देशभर यसका सदस्यहरु रहनेछ र सदस्यहरुले गरिखाने अभियानलाई वर्तमान समाजको अभिन्न अङ्गका रुपमा स्थापित गर्ने चौधरीको भनाइ छ । संस्थाको प्रबन्धपत्र तथा नियमावली मस्यौदा र संस्था दर्ता प्रक्रिया अघि बढाइसकिएको छ ।

चौधरी भन्छन्– गरिखाने अभियान एउटा वृहद् र राष्ट्रव्यापी अभियान हो । अभियानको सफलताले मुलुकमा युवाको आकांक्षा सम्बोधन हुनुका साथै उनीहरुलाई राजनीतिक रुपमा स्थापित गर्नेछ ।

अभियानको अवधारणापत्रमा भनिएको छ– हाम्रा छिमेकी देशहरुले विकासको तीव्र छलाङ मारिरहँदा नेपालीहरु गरिबी र पछौटेपनबाट अभिशप्त छन् । यो नेपालीहरुको नियति भने होइन । विकास र समृद्धिको आकांक्षामा नै सिंगो नेपाली समाज परिवर्तनकारी आन्दोलनमा होमिएको छ । मुलुकलाई नेतृत्व गर्ने र परिवर्तनकारी भनिएका शक्तिहरुले ठूलै आश्वासन देखाएका राजनीतिक व्यवस्थाले सीमित बाहेक आम मानिसको जीवनमा त्यति ठूला परिवर्तन ल्याउन सकेन । यो इतिहासलार्इ नियालेका र नेपालमा भविष्य खोजीरहेका युवा पुस्ताले देशलाई नेतृत्व दिइरहेका र नेतृत्वमा जाने सम्भावना रहेका कुनै पनि दलबाट आशा गर्न सकेको छैन । त्यही निराशाको अभिव्यक्तिस्वरुप ‘इनफ इज इनफ’
जस्ता आन्दाले नमा स्वतःस्फूर्त युवाहरुको सहभागिता बढ्दो छ । यस्ता आन्दोलन पुरानो राजनीतिक विरासतको नाममा समय अनुसार आफूलाई परिवर्तन गर्न नसक्ने सबै राजनीतिक दलहरुको लागि चेतावनीको सूचक हो ।

परिवर्तन र विकासको सपना देख्दादेख्दै एक पुस्ताको समय बितिसकेको छ । त्यसकारण पनि आजका युवा स्थापित राजनीतिक दलहरुको सोच र व्यवहारलाई पत्याउन तयार छैनन् । उनीहरु गरिबी, बेरोजगारी, भ्रष्टाचारका कारण आक्रान्त
मुलुक बदल्न चाहन्छन् । आजको नेपाली समाजको प्राथमिक आवश्यकता भनेको राजे गारी, राम्रो शिक्षा, स्वास्थ्य, सहज र गुणस्तरीय सेवा, छनौटको स्वतन्त्रता लगायत हुन् । यो सपना पूरा गर्न केही युवाहरुको समूहले ‘गरिखाने अभियान’ शुरु गरेका छन् । यो अभियानमा मुलुकको रुपान्तरणका लागि युवा पहलमा विश्वास गर्ने विभिन्न पेशाकर्मी, व्यवसायी युवाहरुले नेतृत्व लिएका छन् ।

विकसित देशका राम्रा विश्वविद्यालयमा पढेका युवा, विभिन्न पेशा र व्यवसायमा संलग्नहरु, विदेशमा रोजगारी गरेर नेपालमै केही गर्ने मनसाय लिएर फर्केकाहरु मुलुकलाई बदल्ने अभियानमा छन् । यी युवाहरु रचनात्मक ढंगले काम गरेर,
यथार्थ आवश्यकतालाई सम्बोधन र समस्याका जडलाई गहन रुपमा पहिल्याएर समाधान गर्नुपर्छ भन्ने सोच राख्छन् ।

राम्रो प्राज्ञिक उन्नयनको अवसर पाएका, विदेशमै राम्रो अवसर पाएकाहरु समेत स्वदेशमा फर्केर आफ्नो र आगामी पुस्ताले मुलुकमै भविष्य निर्माण गर्ने अवस्था बनाउन यो अभियानमा होमीएका छन् । वकिल, बैंकर, चार्टर्ड एकाउन्टेन्ट, व्यावसायिक क्षेत्र लगायत समाजका सबै क्षेत्रका युवाहरु यो अभियानमा सरिक छन् । यो राष्ट्रव्यापी अभियानको सफलताले मुलुकमा युवाको आकांक्षा सम्बोधन हुनुका साथै उनीहरुलाई राजनीतिक रुपमा स्थापित गर्नेछ ।

दूरसञ्चार क्षेत्रको क्रान्ति र इन्टरनेटको पहुँचसँगै आज हरेक मानिसहरु विश्वका परिवतर्न , नयाँ प्रविधि, अन्य देशका सरकार र निजी क्षेत्रको पहलहरुलार्ई राम्रोेसँग नियालीरहेका छन् । यसबाट उनीहरुले विभिन्न रचनात्मक उपायहरु र
परिवर्तनका उपायहरु पहिल्याएका छन् ।

आजका युवा कोरा राजनीतिक भाषण र राजनीतिक वाद÷विचारले आकर्षित हुँदैनन् । विचार एउटा पक्ष हो । त्यो विचारले आम मानिसको जीवनमा परिवर्तन ल्याउन सकेन भने त्यो जतिसुकै शक्तिशाली विचार भए पनि कोरा र खोक्रो हुन्छ । विचारमा प्राण भर्न, यसले काम गर्ने बनाउन आम मानिसलाई परिवर्तनको अनुभूति दिनुपर्छ ।् यसले आकर्षण गर्नुपर्छ । त्यसकारण गरिखाने अभियान नै एउटा सशक्त विचार हो, यो विचारमा जीवन छ । आम युवाको आकांक्षा छ ।

गरिखाने कृषि
गरिखाने कृषि गरिखाने अभियानको कृषि सम्बन्धि परियोजनाको अंग हो । कृषि जस्तै गरिखाने अभियानमा विभिन्न सेवा, उत्पादन लगायतका विभिन्न उद्यम÷व्यवसायहरु सञ्चालन हुनेछन् । यद्यपि कृषि क्षेत्रको देशव्यापी सम्भावनालाई ख्याल गर्दै कृषिको व्यावसायीकरणमा प्रविधिको प्रयोगले उत्पादन र बजारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । यही अवधारणा
अन्तर्गत गरिखाने कृषि अन्तर्गत विभिन्न गाउँपालिका र नगरपालिकासँगको सहकार्यमा यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह