Logo

अर्थनीति

ओली सरकारका आँखाका २ कसिंगर– धुर्मस र रवि लामिछाने


appharu
   ७ असार २०७५, बिहिबार


काठमाडौं । केपी ओली नेतृत्वको दुई तिहाई बहुमतसहितको वाम सरकारले यतिबेला विकास, समृद्धि र सुशासनको नारा अघि सारिरहेको छ । निर्वाचनमा पनि समृद्धिकै सपना बाँडेर प्रचन्ड बहुमत ल्याएको ओली सरकारका गतिविधि भने ठिक त्यसको उल्टोमात्र देखिन्छ ।

तर, विकास र समृद्धिका लागि नागरिक स्तरबाट अगुवाकै रुपमा अघि बढिरहेका दुई पात्र भने ओली सरकारका लागि आँखाको कसिंगर सरह भएा छन् । ति हुन नमुना वस्ती परियोजनाका प्रणेता सीताराम कट्टेल (धुर्मस) र सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रममार्फत सामाजिक विकृति अन्त्यका लागि अघि बढेका सामाजिक अभियन्ता रवि लामिछाने ।


पछिल्लोपटक वीर अस्पताल सरसफाइका कारण सर्वत्र प्रशंशा पाइरहेका धुर्मस सुन्तली फाउन्डेसनलाई चन्दा संकलनमा सरकारले रोक लगाएको थियो भने धुर्मुसले घोषणा गरेको रंगशाला निर्माणमा पनि सरकारले बाधा उत्पन्न गरिरहेको छ ।
सरकारको यस्तो गतिविधिबाट धुर्मुस निरास भइरहेका छन् । उनले आफूनिटकहरुसँग ‘सरकारले अल्झाएको र उसको नियत सफा नरहेको’ टिप्पणी गर्ने गरेको स्रोत बताउँछ ।

यस्तै, सबैभन्दा लामो अन्तर्वार्ता श्रृंखला सञ्चालन गरेर गिनिज बुकमा नाम लेखाइसकेका लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने पनि सरकारको कोपभाजनमा पर्ने देखिएको छ । जनताका साना समस्यालाई पनि सम्बन्धित निकायमा पु¥याएर समाधान गरेरै छाड्ने रवि नेपालभित्र मात्र नभइ नेपालबाहिर पनि उत्तिकै लोकप्रिय छन् ।

तर, लामिछानेलाई नेपाली नागरिकता त्यागेकाले नेपालमा पत्रकारिता गर्नु हुँदैन भनेर रोक्ने प्रयाश सञ्चार क्षेत्रका नियामक निकायबाटै भइरहेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बहुचर्चित अन्तर्वार्ता काण्डपछि पीडित सञ्चारकर्मी राजु थापाको पक्षमा फेसबुक लाइभ गरेपछि त लामिछानेमाथि सरकार झन् कठोर भएको हो ।


लामिछानेलाई कारवाहीका लागि प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको टोली कागजपत्र खोजीमा जुटेको छ । लामिछाने नेपालमै रहिरहे सरकारका नराम्रा कुरा बाहिर आउने र त्यसले केपी ओलीको लोकप्रियता घटाउने भन्दै तत्कालीन नेकपा एमाले निकटका पत्रकारहरुसमेत यसमा परिचालन भएका छन् ।

प्रकाशित : ७ असार २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह