Logo

अर्थनीति

काठमाडौंमा अझै ११ सय हाउजिङ–अपार्टमेन्ट विक्री हुन बाँकी


appharu
   १५ असार २०७५, शुक्रबार


काठमाडौैं । काठमाडौं उपत्यकामा व्यवस्थित रुपमा विकास गरिएका आवास परियोेजनामा विक्री हुन बाँकीमध्ये सबैभन्दा बढी (४० प्रतिशत) आवास इकाइ एकदेखि डेढ करोड मूल्यका रहेको एक अध्ययननले देखाएको छ ।

नेपाली रियल इस्टेट क्षेत्रमा विगत एक दशकदेखि सक्रिय कम्पनी बृहत ग्रूपले काठमाडौं उपत्यकाको हाउजिङ बजारसम्बन्धमा एक विस्तृत अध्ययन सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौंमा कुल ५ हजार ४ सय १९ आवास इकाइ छन् ।

यी आवास इकाईको कुल मूल्य रु. ८ खर्ब २८ अर्ब रुपैयाँबराबर रहेको छ । हाल १०९० इकाइ मात्र विक्री हुन बाँकी देखिएको छ । यसमध्ये ५ सय ४१ इकाइ छुट्टाछुट्टै घर हुन् भने बाँकी अपार्टमेन्ट ।

सरदर महिनामा कुल इकाइको ३.१ प्रतिशत इकाइ बिक्री भएको अध्ययनबाट देखिएको छ । यस दृष्टिले अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास इकाई अबको ६ देखि ७ महिनाका लागि मात्र पुग्ने देखिन्छ ।

बृहतले यसअघि पनि सन् २०१२ मार्च र सन् २०१५ अप्रिलमा उपत्यकाको हाउजिङ बजारसम्बन्धी यस्तै अध्ययन प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको थियो ।

प्रतिफल १२.५ प्रतिशतमात्र
हाउजिङ तथा अपार्टमेन्टमा गरेको लगानीको औसत वार्षिक प्रतिफल करिब साढे १२ प्रतिशत देखिन्छ । जसमा रेन्टल आय औसत ३.२ प्रतिशत र प्रोपर्टीको मुल्यमा ९.५ प्रतिशतको वृद्धि भएको अध्ययनबाट देखिएको छ ।

अपार्टमेन्ट भन्दा होचा घरहरुको मूल्यवृद्धि (प्राइस एप्रिसिएशन) अधिक हुने गरेको देखिएको छ । भूकम्पअघि घरको भन्दा अपार्टमेन्टहरुको मूल्यवृद्धि उत्साहजनक थियो भने भूकम्पपछि छुट्टै घरहरुको मुल्यमा राम्रो सुधार आएको छ ।

प्रकाशित : १५ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह