Logo

मनोरञ्जन

सांसद खतिवडापुत्री श्रृङ्खला भइन् ‘मिस नेपाल’


appharu
   २८ चैत्र २०७४, बुधबार


जीडीपी नेपाल
काठमाडौं, २८ चैत

यस बर्षको ‘मिस नेपाल वर्ल्ड’को उपाधि हेटौंडाकी श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता विरोध खतिवडाकी छोरी श्रृङ्खलाले प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
खतिवडालाई प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ? भन्ने प्रश्नले नै उपाधि दिलाएको हो । उनले उपाधि जितेसँगै ‘मिस वर्ल्ड नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछिन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् ।
द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहरि राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायक थिए ।

प्रकाशित : २८ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह