Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै


GDP Nepal
   ११ जेष्ठ २०७८, मंगलबार


काठमाडौं । एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ ।

एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिन सकिने जनाइएको छ ।

यो कार्डबाट विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आनै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्टुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको जनाइएको छ ।

बैंकको देशभरीका १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।

बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह