Logo

अर्थनीति

असारे विकासः एकैदिन ११ अर्ब खर्च


appharu
   २६ असार २०७५, मंगलबार


काठमाडौं । असार महिनामा बजेट सकाउने चटारो चलिरहँदा आइतबार एकै दिन राज्यको ढुकुटीबाट ११ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार ४ अर्ब ५२ करोड चालू खर्च छ भने ४ अर्ब ५० करोड पुँजीगत शीर्षकमा खर्च भएको छ । यस्तै, २ अर्ब साँवा ब्याज भुक्तानीमा खर्च भएको छ ।

तर, यस दिन राजस्व संकलन भने ५ अर्ब ३८ करोड रुपैयाँमात्र भएको छ । यसरी हेर्दा आम्दानी र खर्चको तुलनामा ५ अर्ब ६४ करोड रुपैया घाटा देखिन्छ ।

शनिबार पनि १ अर्ब ५३ करोड खर्च भएको देखिन्छ भने उक्त दिन आम्दानी भने नगण्य अर्थात २ करोड १३ लाखमात्र भएको छ ।

यसरी असारमा धमाधम भुक्तानी दिइँदा राज्यकोषबाट ठूलो रकम बाहिरिएको छ । आर्थिक वर्षको अन्त्यमा काम गर्दा जवाफदेहीता र पारदर्शिता नहुने भएकाले दुरुपयोग हुने जानकारहरु बताउँछन् ।
तर, यसअघि नै काम सम्पन्न भइसकेको भुक्तानी पनि अन्तिम समयमा हुने भएकाले खर्च बढी देखिएको विकासे मन्त्रालयहरुको दाबी छ ।

सरकारले चालू आर्थिक वर्षका लागि लागि गत वर्षको जेठ १५ मा १२ खर्ब ७९ अर्ब ल्याएको थियो । तर, अर्थ मन्त्रालयले मध्यावधि समीक्षामा बजेटको आकार घटाएर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण गरेको थियो ।

प्रकाशित : २६ असार २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह