Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ


GDP Nepal
   २१ असार २०७८, सोमबार


काठमाडौं । महालक्ष्मी विकास बैंक लि।को स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्। बैंकको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव रहेकी श्रेष्ठ स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी हुन्।

उनीसँग तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव छ।

व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ ‘नेपाल फाइनान्स इन्सिट्युशन एशोसिएसन र ‘डेभलोमेन्ट बैंकर्स एशोसिएसन’मा लामो समय आबद्ध थिइन्।

यस्तै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी थिइन्।

प्रकाशित : २१ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह