काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्यो । अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेको यो टोलीले कोभिडविरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न माग गर्नु स्वाभाविक भए पनि पहिलो भेटमै विवादास्पद डेडिकेटेड र ट्रंकलाइनको विषय उठान गर्नुलाई संशयपूर्ण मानिएको छ । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार महासंघ टोलीले बधाईका लागि…