काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ मा मुलुकको वैदेशिक व्यापारको क्षेत्रमा सुधार आउने अपेक्षा गरिए पनि पहिलो महिनाको तथ्यांक नै निराशाजनक देखिएको छ ।
साउनमा कूल वैदेशिक व्यापारसँगै आयात, निर्यात र व्यापारघाटा उपशीर्षकमा कमी आएको छ ।
भन्सार विभागका अनुसार कूल वैदेशिक व्यापार २.२८ प्रतिशत तथा आयात १.५६ प्रतिशत तथा निर्यात ८.६५ प्रतिशतले घटेको छ । यस्तै, व्यापारघाटामा पनि ०.६६ प्रतिशतले कमी आएको छ ।
साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.२८ प्रतिशत कम हो । साउन महिनामा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँको व्यापारघाटा भएको छ भने यस महिनामा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ ।
यस्तै, १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको साउनमा भारतसँग मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ ।
प्रतिक्रिया