अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ११० औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए । ‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ । आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले…