भुवन थापा (सिन्धुली) । सिन्धुली जिल्लाको दुधौलीमा गत साताको अविरल वर्षाले भर्खरै पिच गरिएको सडक भताभुङ्ग भएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो सडकको बेसमा खोलाका ढुंगा पुरेर माथि पीच गरिएको स्पष्ट देख्न सकिन्छ । तर, कतिपयले भने सडक गुणस्तरीय नै रहे पनि अविरल वर्षाका कारण क्षतविक्षत भएको दावी समेत गरिरहेका छन् ।…