काठमाडौं । भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैरआवासीय नेपालीहरुले खरिद गरेका छन् ।
अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउलगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल,एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायत एनआरएनएकोसमुहले उक्त रिसोर्ट खरिद गरेको हो ।
सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।
हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको शेयर विदेशमै खरिद गरेपछिरिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको त छ तर केही विवादहरु सिर्जना भएको छ ।
उक्त विवाद र हल्लापछि कम्पनीले बुधवार पत्रकार सम्मेलन नै गरेर आफ्नो भनाई सार्वजनिक गरेको छ । विदेशमा शेयर खरिद बिक्री गरिएपनि टाइगर प्यालेसरिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष बुद्धिसागर सुवेदीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
गैरआवासीय नेपाली सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्ने आरोप लागीरहेको बेला उनले बुधबारपत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसुर बाँकी नराख्ने बताए ।
टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु बहन गर्नका लागि आफू र आफ्नो टिम तयार भएको जानकारी गराए । उनलेउक्त जानकारी कर कार्यालयलाई दिइसकेको पनि बताए । ‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका हैनौ ,देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारणआएका हौ अध्यक्ष सुवेदीले दावी गरे ।
अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो । कोभिड महामारी र रिसोर्टसञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्टपूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौ नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व गुम्दै आएको थियो ।
रिसोर्टले नेपालका बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्टको बैकको ऋणमात्रै साढे २ अर्ब रुपैयाँ रहेको छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जानेसूचना पाएपछि हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेको सञ्चालक दिपक गौतमले बताए ।
सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयनटाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको गौतमले बताए । सोहीअनुसार टाइगर प्यालेस रिसोर्टकोस्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको छ ।
गौतमले अवसरका लागि विदेशिएका आफुहरुले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेको बताए ।
‘सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुःख गरेर कमाएकोरकमलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योगमार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेको संचालक गौतमले बटाए ।
पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र पर्यटन क्षेत्र रलगानीकर्ताका लागि सुखद नभएको गौतमको भनाई रहेको छ । नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको भूमिका भएकोले केही गैरआवासीयनेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थपेको जनाऊदै गौतमले बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथापर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्न टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको बताए ।
रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैँ आर्थिकरूपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो। कम्पनीको नेपालमा भएको सबैलगानी नोक्सानीमा गएका कारण टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा रहेको थियो ।
बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालकोव्यवसायसमेतलाई हेरी १ करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको सो अवसरमा जानकारी गराइयो ।
अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमाप्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र बुझाउनेसमेत अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाएका छन ।
उनले आफुहरुले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाउदै उक्त रिसोर्टको लागतअर्बौ पुग्ने आफुहरुले जतिसक्दो छिटो संचालन गर्ने बताए ।
हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूलाअन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु र अन्य विभिन्न कम्पनीहरु सञ्चालन गरिरहेका छन्।
यो खरिद–बिक्री नेपालमा भएका ठूला किनबेचमध्यै एक रहेको छ । विदेशी लगानी हुने गरी उक्त होटलको सेयर खरिद–बिक्री भएको हो ।
प्रतिक्रिया