काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनु भएको छ । हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोही अनुसार राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९…