काठमाडौं । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन भइरहे पनि सरकारले मापदण्ड निर्धारण र स्वीकृत नगर्दा ठूला परियोजनाहरुले भारतबाट सिमेन्ट आयात गरिरहेका थिए । नेपाली बजारमा सामान्य निर्माणका लागि ३३ ग्रेडका सिमेन्टको गुणस्तरमात्र आधिकारिक रुपमा प्रमाणित भए पनि ४३ र ५३ ग्रेडका उत्पादनको वैधता थिएन । ४३ ग्रेडको ओपीसी सिमेन्ट सामान्यतया व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ भने…