काठमाडौं । रोयल इन्फिल्डले नेपाली बजारमा मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ । रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्सालस्थित शोरुममा बुधबार मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो । जे प्लेटफर्ममा निर्मित यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक,…