काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा युवा उद्यमी पशुपति देव पाण्डे निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको २८औँ साधारणसभाले प्रथम उपाध्यक्षमा राहुलमान शाक्य, द्वितीय उपाध्यक्षमा भूपाल बस्नेत र महासचिवमा भिमकुमार गिरिलाई निर्वाचित गरेको छ । संघको कोषाध्यक्षमा सञ्जय अग्रवाल र सहसचिवमा वसन्त अधिकारी निर्वाचित भए । संघको सदस्यहरुमा थोम नाथ बस्याल, कृष्ण प्रसाद…