काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा राजनीतिकर्मी र सामाजिक व्यक्तित्वहरुले पदक प्राप्त गर्ने सूची प्रकाशित भएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान मानपदवी, अलङ्कार र पदकको सूची आइतबार सरकारी सञ्चारमाध्यम गोरखापत्रमा प्रकाशित गरिएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पदक पाउने सूचीमा निजी क्षेत्रको उल्लेख्य संख्या…