नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ । विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ…