टेस्ला मोटर्सका सीइओ एलोन मस्क ९.२ प्रतिशत सेयर लिएसँगै सामाजिक सञ्जाल ट्विटरको बोर्ड अफ डाइरेक्टरमा सामेल हुने भएका छन् । मंगलबार ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले मस्क ट्विटरको बोर्ड अफ डाइरेक्टरमा सामेल हुने जनाएका हुन् । उनले ट्वीटमा लेखेका छन्, हालैका हप्ताहरूमा एलोनसँगको कुराकानीबाट, यो स्पष्ट भयो कि उनले हाम्रो बोर्डमा ठूलो मूल्य ल्याउनेछन्…