Logo

मुख्य समाचार

टेलिकम प्रवन्ध निर्देशकका नौ प्रतिस्पर्धीको नामावली सार्वजनिक, को बन्ला एमडी ?


GDP Nepal
   १७ चैत्र २०७८, बिहिबार


काठमाडौं । सर्वोच्च अदालतले बाटो खोलिदिएसँगै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार टेलिकम प्रबन्ध निर्देशकका निमित्त प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची प्रकाशन गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र पूर्ण चुँडालको सयुक्त इजलासले पुस २ गते सुरेन्द्रमान सिंहले दायर गरेको योग्यता संशोधनविरुद्धको रिट निवेदन खारेज गरिदिएको थियो ।

नियुक्ति निर्देशिका संशोधन गर्दै योग्यता पुगेकोलाई समेत रोक्ने गरी काम भएको भन्दै सबै प्रक्रिया रद्द गर्नुपर्ने मागसहित सिंह अदालत पुगेका थिए ।

मन्त्रालयले ९ प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको हो , जसमा अर्जुनबाबु ढकाल सिराञ्चोक–७ गोरखा, अमलेन्दु नारायण सिंह काठमाडौं–३१, काठमाडौं, दीपक बहादुर शाही गन्यापधुरा–३, डडेल्धुरा, नगेन्द्र कुमार दास्र काठमाडौं–३१, काठमाडौं रहेका छन् ।

यस्तै, सूचीमा प्रदीप राज उपाध्याय सिद्धार्थनगर–८, रुपन्देही, बुद्धि प्रसाद आचार्य टोखा–६, काठमाडौं, सुनिल पौडेल खैरेनिटार–४, तनहुँ, सुरज सिंह थापा महालक्ष्मी–८, ललितपुर र संगीता पहाडी अर्याल इचङ्गु–४, काठमाडौ रहेका छन् ।

कम्पनीको प्रबन्ध निर्देशक पदको लागि मंसिर २२ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्ता हुन आएका दरखास्तहरू मध्ये ९ जनाको स्वीकृत गरिएको जनाइएको छ ।

छनौट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको मिति, समय र स्थान पछि तोकी उम्मेदवारहरूलाई जानकारी गराइने सूचनामा उल्लेख छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह