नेपाल उद्योग वाणिज्य महासंघको निक्कै छोटो समयको आमन्त्रणलाई स्वीकार गरि यहाँ उपस्थित हुनुभएकोमा हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्न चाहन्छु । अहिले मुलुक आशा र संशयको दोबाटोमा उभिएको छ ।युवा पुस्ताको आन्दोलन र माग बमोजिम मुलुकमा भ्रष्टाचार न्युनिकरण गरि शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको छ…