काठमाडौं । नेपालमा झन्डै एक वर्षदेखि चीनले लगाइराखेको नाकाबन्दीविरुद्ध निजी क्षेत्र पनि सडकमा आउने स्थिति पैदा भएको छ । आक्रोशित निजी क्षेत्रले चिनियाँ रवैयाविरुद्ध आफूहरु सकडमा आउनुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसबाट कुटनीतिक सम्बन्ध नै बिग्रनसक्ने चेतावनी दिएको छ । नेपाल चीन उद्योग वाणिज्य संघका अनुसार नेपाल चीन वीचको दुइमात्र व्यापारिक तातोपानी तथा केरुङ्ग नाका…