काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०७७–७८ का लागि आयव्ययको अनुमानित विवरण (बजेट) पेश गर्दैछन् । यसअघिका दुवै बजेटमा प्रशंशाभन्दा आलोचना बढी खेपेका अर्थमन्त्रीका लागि तेस्रो बजेट भने जीवनकै ठूलो अग्निपरीक्षा भएको छ । अर्थमन्त्री खतिवडा संसद् सदस्य होइनन् । यो बजेटसँगै उनको भविष्य पनि जोडिएको छ ।…