काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५७ औँ साधारणसभामाको शनिबार उदघाटन गर्दै श्रेष्ठले अहिले मुलुक अस्थिर राजनीतिको बन्धक बनेको धारणा राखे । राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने उनको भनाइ छ । “राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ,…