काठमाडौं । मुलुकमा यातायात सिन्डिकेट अन्त्यका लागि सुरुवाती समयमा निकै आक्रामक देखिएको सरकार अहिले भने रहस्यमय ढंगले मौन देखिएको छ । यातायातमन्त्री रघुवीर महासेठको यातायात व्यवसायीहरुसँगको बाक्लो उठबसले यातायात क्षेत्रको सुधारमा सुरु भएको ऐतिहासिक अभियान करिब अन्त्यको अवस्थामा पुगेको छ । यातायत क्षेत्र सुधारका लागि पूर्ववर्ती मन्त्रीहरु रमेश लेखक र वीरबहादुर बलायरको कार्यकालमा तयार भएको…