पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा घटेको छ । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेसँगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । विभागका अनुसार यात्रु वाहक सवारी साधनमा २.१३ प्रतिशत, माल वाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । घटेको…