ओपोले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको हो । ओपो ए७६मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८०…