काठमाडौं । पाटन उच्च अदालतले नेपाल भारत मैत्री धर्मशालाका सम्बन्धमा सरकारले जाँचबुझ समिति गठन गरे पनि धर्मशाला सञ्चालनमा रोक लगाउने स्थिति नदेखिएको ठहर गरेको छ । अदालतले पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रालिबीच २०७६ वैशाख ३० गते सम्पन्न करार सम्झौता अनुसार कार्य भए नभएको जाँचबुझ गर्न समिति गठन भए पनि उक्त समितिको पत्राचार…