उच्चशिक्षा र रोजगारीका लागि नुवाकोटबाट २०५१ सालमा काठमाडौँ छिरेर ठमेलका गल्लीतिर भौँतारिँदै गर्दा श्यामप्रसाद तिमिल्सिनालाई एक होटलमा काम गर्ने अवसर मिल्यो । अरुको काम गरेर मात्रै जीवन चल्दैन, आफैले केही गर्नुपर्छ भन्ने भावनालाई साकार पार्ने अठोट लिएका तिमिल्सिना होटेलमा भेटिएका एक विदेशीको प्रोत्साहनमा हस्तकलाको काम सिक्न भारतको नयाँ दिल्ली जान तयार हुनुभयो । अरुले कागजमा…