Logo

बिजनेस होम

स्थानीय तहले घाटा बेहोर्ने शर्तमा इलामको सुकिलुम्बा विमानस्थलमा उडान


GDP Nepal
   ९ माघ २०७८, आइतबार


काठमाडौं । स्थानीय तहले विमान कम्पनीको घाटा बेहोर्ने भएपछि इलामको सुकिलुम्बा विमानस्थलमा साप्ताहिक उडान हुने भएको छ । फागुन ८ गतेदेखि प्रत्येक आइतबार काठमाण्डौं–सुकिलुम्बा उडान हुनेछ ।

तारा एयरको १६ सिटे ट्विनअटर जहाजमार्फत गरिने यो उडानको भाडादर भने आठ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । विमानमा पर्याप्त यात्रु नभएर रित्तै उड्नु परेमा टिकटको रकम नगरपालिकाले बेहोर्ने सहमति भएको जनाइएको छ ।

विमानस्थल संचालनका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता समेत भएको छ ।

तारा र इलाम नगरपालिकाबीच भएको सम्झौता अनुसार आउँदो फागुन ८ गते देखि प्रत्येक आइतबार काठमाण्डौं–सुकिलुम्बा उडान सुरु हुनेछ । नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहका अनुसार पर्यटकीय क्षेत्रमा उडानका लागि स्थानीय सरकार, निजी क्षेत्रले दायित्व वोध गरी उडान सुरु गर्ने सम्झौता गरेका हुन् ।

यसअघि बागलुङको बलेवा विमानस्थलमा पनि स्थानीय तहले घाटा बेहोर्ने सहमतिमा नियमित हवाइ उडान सुरु गरिए पनि लामो समयसम्म चल्न सकेन ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह