काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि अनुमति खुला गरेसँगै स्थानीय तहले पनि यसमा सक्रियता देखाउन थालेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तै आग्रह गरे ।
“हामी पाटन शहर सुत्दैन भन्ने सन्देश दिन लागि पर्दै छौं,” नेपाल हस्तकला महासंघको साधारणसभा कार्यक्रममा मेयर महर्जनले भने, “आउनुस्, रात्रिकालिन व्यापार शुरू गर्नुहोस् । हामी सुरक्षामा ध्यान दिनेछौं ।”
मेयर महर्जनले ललितपुरमा स्मार्ट सिटी लाइट शुरू गरेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि १० वर्षे अभियान शुरू गरेको पनि जानकारी दिए ।
प्रतिक्रिया