Logo

बिजनेस होम

कित्ताकाट फुकुवाको माग गर्दै जग्गा तथा आवास विकास संघको साधारणसभा सम्पन्न !


GDP Nepal
   २७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको १५ औं साधारण सभाले कित्ताकाट फुकुवाको माग गरेको छ ।

बिहीबार साधारण सभाको उद्घाटन गर्दै संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले कित्ताकाट फुकुवा हुनुपर्ने माग संघको रहेको बताए ।

अध्यक्ष वाग्लेले संघका शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने माग राखेको जानकारी गराए ।

संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिँदै यी कार्यहरुका लागि सम्बन्धित सरकारी निकायहरुसँग निरन्तररुपमा सम्वाद तथा अन्तरकृया गर्नुपर्ने उनको भनाइ छ ।

सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, सदस्यहरु बीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्रीभाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता आंैल्याए ।

संघका उपाध्यक्षत्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

साधारण सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गरेकोे वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्दै संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गर्यो ।

सभाको समापन गर्दै अध्यक्ष वाग्लेले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफू पूर्णरुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हक हितको लागि निरन्तररुपमा प्रयाशरत रहने प्रतिबद्धता प्रकट गरे ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह