काठमाडौं । गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाइयोस् भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एनआरएनएले यस्तो ज्ञापन पत्र उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसमक्ष पेश गरेको हो । ज्ञापन पत्रमा लेखिएको छः कोभिड–१९ महामारीका कारण विश्वभरका नेपाली प्रभावित छन् । संघले…