काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । महाशाखाकाअनुसार हाल देशको पहाडी भूभागमा साधारणतया मौसम बदली रही सबै प्रदेशका केही स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।…