काठमाडौँ । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको अभिवृद्धिकर र २ प्रतिशत विलासी करको व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै समितिले आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।