काठमाडौं । अमेरिकामा एकै परिवारका ४ जनाको गोली प्रहारबाट मृत्यु भएको छ ।
म्यानासस पार्कमा बिहीबार राति भएको एक सम्भावित हत्या–आत्महत्या घटनाको अनुसन्धान भइरहेको छ।
राति करिब १०:४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको एउटा घरमा अचेत अवस्थामा मानिसहरू भेटिएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुग्यो।
प्रहरी घरभित्र पसेर तल्लो तलामा रहेको अपार्टमेन्टमा पुगेको र त्यहाँ दुई वयस्क र दुई बालबालिकाको शव भेटिएको जानकारी दिएको छ।
चारै जनाको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ।
प्रहरीले वयस्क मृतकहरूलाई ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठको रूपमा पहिचान गरेको छ। दुई बालबालिकामध्ये एउटाको उमेर २ वर्ष र अर्कीको ८ वर्ष भएको जनाइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले यो हत्या–आत्महत्या भएको सम्भावना देखाएको छ।










प्रतिक्रिया