काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रको लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाए । उनले भने, ‘जतिबेला हामी सरकारमा छौ,…